Sagun Khabar
एमाले पाटन नगर कमिटिको बैठक सम्पन्न, के–के भए निर्णय ?

बैतडी–नेकपा एमाले पाटन नगर कमिटिको बैठक सोमबार सम्पन्न भएको छ । पाटन नगरपालिकाले शिक्षा सम्बन्धि गरेका निर्णयका बिषयमा बैठक छलफल भएको एमाले पाटन नगर कमिटि अध्यक्ष धर्मराज भट्टले बताए । 

पाटन नगरपालिकाले हालै विद्यालय समायोजन र नगर शिक्षक अनुदान कटौती गर्ने बिषयमा गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरिएको अध्यक्ष भट्टले बताए । 

Atrya hospital

शैक्षिक सत्रको मध्यतिर आएर विद्यालय समायोजनको बिषय उठान गरेर शिक्षण क्रियाकलापमा बाधा पुगेको एमालेले ठहर गरेको छ । नगरपालिकाले ल्याएको मापदण्ड प्रस्तावित शिक्षा ऐन विपरीत रहेको एमालेले जनाएको छ । 
विद्यालय समायोजन लगायतका अन्य बिषयमा शैक्षिक सत्र अगावै छलफल हुनुपर्नेमा नगरपालिकाले शैक्षिक सत्रको बिचमा ल्याएर यो बिषयलाई पेचिलो बनाएको एमालेको भनाइ छ । 

प्रस्तावित संघीय शिक्षा ऐनमा टेकेर भौगोलिक विकटता, बसाइसराई तथा जन्मदर लगायतका बिषयलाई आत्मसात गरेर पालिकाले निर्णय लिनुपर्ने र विनियम बनाइ अगाडी बढ्नुपर्ने एमालेले माग गरेको छ । 

नगरपालिकाले गरेको हालको निर्णय तत्काल फिर्ता लिनु पर्ने र अन्यथा शिक्षासँग सरोकार राख्नै सबै पक्ष एक ठाउँमा उभिएर नगरपालिकाले गरेको निर्णयका विरुद्धमा अघि बढ्ने समेत एमाले नगर कमिटिले निर्णय गरेको छ ।  
एमाले नगर कमिटि अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिमा एमाले बैतडीका इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्ट रहेका थिए । 

बैठकमा प्रदेशेसभा सदस्य जानकी ऐर बम, जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्र भण्डारी, पाटन नगरकमिटि इन्चार्ज देवेन्द्र कुवँर, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि तथा नगर कमिटि पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update