Sagun Khabar
बैतडीकी भागरथी परिवार नियोजन संघको केन्द्रीय सदस्यमा चयन

 बैतडी –युवा तथा महिलाको क्षेत्रमा क्रियाशील बैतडीकी भागरथी भट्ट नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा चयन भएकी छन् । 

शनिबार बागलुङमा भएको संघको ४२ औं अधिवेशनबाट भट्ट युवा क्लस्टरमा केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएकी हुन् । यसअघि पनि उनी संघको केन्द्रीय सदस्य नै रहेकी थिइन् । 

Atrya hospital

बैतडीको पाटन नगरपालिका–४ घर भएकी भट्टले नेपाल परिवार नियोजन संघमा आवद्ध भएर महिला तथा युवाहरुका सवाल उठान गर्दै आएकी छन् । 

दोश्रो पटक केन्द्रीय सदस्यमा चयन भएको र यसले आफूलाई थप जिम्मेवार बनाएको भट्टले बताइन् ।  

भट्टसंगै संघको युवा केन्द्रीय सदस्यमा प्रमिला खड्का पनि चयन भएकी छन् । 

संघको अधिवेशनले डा. राजेन्द्र श्रेष्ठको नेतृत्वमा आगामी तीन बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । 

 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update