डडेल्धुरा –डडेल्धुराबाट कुटपीट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले कुटपीट मुद्दामा २५ हजार जरिवाना र ३५ हजार क्षतिपूर्ती तोकिएका परशुराम नगरपालिका–२ गोगन बस्ने ३८ वर्षीय लालबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ ०९:२०
प्रतिक्रिया दिनुहोस्