Sagun Khabar
मेलौली,देहीगडा र फाल्ङाशैनी भगवती मन्दिरको जात्रा सम्पन्न 

बैतडी–बैतडीका प्रसिद्ध शक्तिपीठहरु मेलौली, देहीगडा र फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएका छन् । कार्तिक शुक्ल चतुर्दशी हिजोबाट यी मन्दिरहरुमा जात्रा शुरु भएकोमा आज कार्तिक शुक्ल पूर्णिमका दिन पशु बलिसहित जात्रा सम्पन्न भएका हुन् । 

मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा जात्राको अवसरमा ६१ राँगा र ७६ बोकाको बलि चढाईको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश नायकले बताए । 

Atrya hospital

मेलौली भगवती जात्राको अवसरमा घोडा दौड, देउडा लगायतका कार्यक्रमहरु समेत सञ्चालन भएका उनले बताए । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको थियो । 

यस्तै शिवनाथ गाउँपालिका वडा नं–४ स्थित देहीगडा भगवती मन्दिरको जात्रा पनि शान्तपूर्ण रुपमा सम्पन्न भएको छ । हिजोदेखि शुरु भएको जात्रामा आज ४७ राँगा र ६० बोकाको बलि चढाईएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुगेका थिए । 

यस्तै सुर्नया गाउँपालिका वडा नं –५ बरायलस्थित फाल्ङाशैनी भगवती मन्दिरको जात्रा पनि शान्तपूर्ण रुपमा सम्पन्न भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो जात्रामा ९ राँगा र ६ बोकाको बलि चढाइएको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

यी जात्राहरुमा स्थानीय कृषि उपजहरुले बजार पाएका छन् भने आफन्त भेटघाटका लागि समेत सहज हुने गरेको छ । 

falasaini-1731670607.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update