Sagun Khabar
दार्चुला जिप दुर्घटना : शैल्यशिखर नगरपालिकाले दियो शोक बिदा 
Atrya hospital

दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिकाले आज शोक बिदा दिएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बजानीमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । 

मालिकार्जुन मन्दिरको जात्रामा सहभागी भएर फर्किरहेका दर्शनार्थीहरु चढेको जिप दुर्घटना हुँदा नगरपालिकामा कार्यरत अमिन विरेन्द्रसिंह रावल , गोकुलेश्वर क्याम्पसमा कार्यरत मीना लेखक र दिलिपसिंह बिष्ट लगायत ८ जनाको निधन भएको शोकमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update