Sagun Khabar
कांग्रेस सभापति देउवा गृह जिल्ला डडेल्धुरामा, अधुरा योजना सम्पन्न गर्ने प्रतिबद्धता 

डडेल्धुरा –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन् । 

सोमबार डडेल्धुरा पुगेका उनले परशुराम नगरपालिकास्थित महाकाली नदी किनारमा रहेको परशुरामधाको दर्शन गरेका छन् । 

Atrya hospital

सोही क्रममा सभापति देउवाले रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नती र कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सभापति देउवाले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए । 

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उनको भनाइ छ ।

कांग्रेस सभापति देउवा आज प्रसिद्ध बडाल जाँतमा सहभागी हुने कार्यक्रम रहेको छ । 

बुधबार कात्तिक २८ गते कांग्रेस डडेलधुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा र मङ्सिर १ गते उग्रतारा मेला (देहिजाँत) सभापति देउवाको सहभागिता रहने कांग्रेस डडेल्धुराले जनाएको छ । 

देउवा मङ्सिर २ गते सङ्घीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update