Sagun Khabar
बैतडीमा मंसिर ५ गतेदेखि  बिडिसिए ओडिआई प्रधानमन्त्री कप छनौट प्रतियोगिता २०८१ हुने

बैतडी-  बैतडीमा मंसिर ५ गतेदेखि रेडियन्ड ग्याँस बिडिसिए ओडिआई प्रधानमन्त्री कप छनौट प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगितामा जिल्लाभरीका १६ टिमको सहभागीता रहने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको यो प्रतियोगिता बिडीसिए कपको २१ औं संस्करण हो ।

प्रतियोगिता इलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा हुने बैतडी जिल्ला क्रिकेट संघका प्राविधिक समितिका संयोजक राजेन्द्र चन्दले बताए । गत संस्करणमा सेमिफाइनलमा पुगेका ४ टोली टोली सोझै इलाइट च्याम्पियनसिप खेल्नेछन् ।

Atrya hospital

निङलाशैनी क्रिकेट क्लब,दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए । बाँकी १२ टोली प्लेट च्याम्पियनसीप खेल्ने र च्याम्पियन बन्ने टोली इलाइट च्याम्पियनसिपका लागि छनौट हुने चन्दले बताए ।

मंसिर २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुनेछन् । यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनलागेको हो । बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ , भने दस लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजक रेडियन्ट ग्याँस रहेको छ ।

खेलाडीहरूको क्षमता अभिबृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update