बैतडी- बैतडीको पाटन नगरपालिका– ६ मा रहेको पाटन भ्याली क्रिकेट क्लबले दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग आयोजना गर्ने भएको छ । क्लबको आज शनिबार बसेको बैठकले दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग आयोजनाको लागि आन्तरिक तयारी गर्ने निर्णय गरेको हो ।
गत वर्ष नगरस्तरीय प्रतियोगिताको आयोजना गरेको पाटन भ्याली क्रिकेट क्लबले यस वर्ष जिल्लास्तरीय वा क्लबस्तरीय गर्ने भन्ने विषयमा आगामी बैठकबाट छलफलगरी टुंगोमा पु¥याइने क्लबका सचिव सन्तोश जोशीले जानकारी । आजको बैठकबाट उदयदेव प्रिमियर लिगको लोगो पनि अनावरण गरिएको सचिव जोशीले बताए ।
विगतका वर्षहरुभन्दा यसवर्ष थप परिस्कृत गर्दै प्रतियोगिताको आयोजना गरिने क्लबले जनाएको छ । कृष्ण माविकै खेलमैदानमा प्रतियोगिता आयोजना हुने छ । खेलमैदान स्तरोन्नतीको लागि यस वर्ष निर्माणको काम हुने भएकाले प्रतियोगिताको लागि अर्काे बैठकबाट निर्णय गरिने क्लबका अध्यक्षा विकाश विष्टले बताए ।
खेललाई धार्मिक पर्यटनसँग पनि जोड्ने उदेश्यकासाथ उदयदेव प्रिमियर लिगको आयोजना गर्न लागिएको सचिव जोशीले जानकारी दिए । यस प्रतियोगिताको अवधिभर यहाँका धार्मीक पर्यटनसँग जोडिएका क्षेत्रको व्यापक प्रचार गरिने भ्यालीले जानकारी गराएको छ । यसैगरी पाटन भ्याली क्रिकेट क्लबले पाटन नगरपालिकासँग पनि समन्वय गरि अतिरिक्त कार्यक्रमको आयोजना गर्ने भएको छ ।