Sagun Khabar
यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालको विजयी शुरुआत

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । आज भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो ।

नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदा अलआउट भयो । थाइल्यान्डकी कप्तान अफिसाराले सबैभन्दा धेरै १३ रन बनाइन् । नेपालकी रचना चौधरीले ४ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।

Atrya hospital

यसअघि यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए । थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग, आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update