Sagun Khabar
बैतडीको डिलाशैनीमा प्रसिद्ध देहीगाड जात्रा आज 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ स्थित बेतालेश्वर मन्दिरमा आज राति जात्रा लाग्दैछ । 

देहीगाड बेतालेश्वर मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल द्वितीय अर्थात भाइटीकाको राति जात्रा लाग्ने गरेको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । 

Atrya hospital

गाउँबाट दिउँसो जात्रा जाने र रातभरी मन्दिरमा पूजापाठ गर्ने चलन रही आएको उनले बताए । मन्दिरको जात्रामा खीर पकाउने चलन रही आएको र खीरलाई नै प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रही आएको छ । 
बेतालेश्वर देहीगाड मन्दिरमा बर्षको एकदिनमात्रै जात्रा लाग्ने गरेको भट्टले बताए । 

हिन्दू नेपालीहरुका ठूला चाड सकिएलगत्तै सुदूरपहाडमा जात्राको रौनक शुरु भएको छ । कार्तिक शुक्ल पक्षभरी यहाँका मठमन्दिरमा पूजाआजासहित जात्रा लाग्ने गरेको छ । आज राति नै दार्चुलाको प्रसिद्ध लटिनाथ मन्दिरमा जात्रा लाग्ने स्थानीय गंगासागर जोशीले बताए । 

कार्तिक शुक्ल पक्षभरी विभिन्न मठमन्दिर तथा शक्तिपीठहरुमा जात्रा लाग्ने गरेको जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update