Sagun Khabar
सुदूरपश्चिमका तीन जिल्लाबाट २६ जना जुवाडे पक्राउ 

बैतडी – सुदूरपश्चिमका तीन जिल्लाबाट २६ जना जुवाडे पक्राउ परेका छन् । कैलाली, कञ्चनपुर र बझाङबाट जुवाडे पक्राउ परेका हुन् । 

कैलालीको गोदावरी नगरपालिका–८ हरीनगर बस्ने प्रदीप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा भुलसहित ९ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार राति पक्राउ गरेको हो ।  उनीहरुलाई नगद ६१ हजार २३०, २ गड्डीतास र बागमती प्रदेश ०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

Atrya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाँउस्थित ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा घटालसहित १२ जना पक्राउ पेरका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ८२ हजार ३२२ रुपैयाँ र ६ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो । 

यस्तै बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जना जुवाडेलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले नगद ६६ हजार १३० रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update