Sagun Khabar
बैतडीमा भेट्रान भलिबल प्रतियोगिता : खेलकुद महासंघको टीमले उपाधि जित्यो 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा आज सम्पन्न भएको जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिताको उपाधि नेपाल खेलकुद महासंघको टीमले हात पारेको छ । 

उसले उपाधिसंगै २५ हजार नगद,ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगितामा दनपा १ गुरुखोलाले दोश्रो स्थान हाँसिल गरेको छ । उसले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

Atrya hospital

यस्तै प्रतियोगितामा तेश्रो भएको ग्वाल्लेक–नागार्जुनले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान प्राप्त गरेको दनपा १० बाराकोटले नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।  

प्रतियोगितामा नेपाल खेलकुद महासंघका भुपेन्द्र चन्द उत्कृष्ट खेलाडी भएका छन् । उनले नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगिताका बेस्ट स्पाइकर दनपा १ गुरुखोलाका गोपाल बिजले, बेस्ट सटर नेपाल खेलकुद महासंघका राजबहादुर पाण्डेय, बेस्ट ब्लकर दनपा १० बाराकोटका गगन चन्द, बेस्ट डिफेन्सर नेपाल खेलकुद महासंघका कृष्ण ओड र बेस्ट सर्भर ग्वाल्लेक –नागार्जुनका करन चन्द भएका नेपाल खेलकुद महासंघका टीम म्यानेजर मनोज बोहराले बताए । उनीहरुले जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । यही कार्तिक १० गतदेखि सञ्चालन भएको प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरुलाई मात्रै समावेश गरिएको थियो । 

प्रतियोगिताका विजेता टीम तथा खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी, दशरथचन्द नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । 

नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update