Sagun Khabar
पञ्ज्यूनयाँ क्रिकेटको उपाधि हुनैनाथ मालिकार्जुनको पोल्टामा 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा सम्पन्न तेस्रो संस्करणको पञ्ज्यूनयाँ  क्रिकेट लिगको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा बस्कोट सुपर किङस बी टिमलाई ५ विकेटले स्तब्ध पार्दै हुनैनाथ मालिकार्जुन च्याम्पियन बनेको हो । 

Atrya hospital

उपाधिसंगै हुनैनाथ मालिकार्जुनले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

बस्कोटले भने ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

फाइनलमा जितका लागि पाएको ८२ रनको सामान्य लक्ष्य हुनैनाथले १०.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो  जसमा दिनेश रावतले २७ र विपिन मेहरले २७ रनको योगदान गरे । बस्कोटका करन डडालले ३ विकेट हात पारे ।
यसअघि पञ्ज्यूनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेको बस्कोट १८.२ ओभरमा ८१ रनमा समेटियो । उसका सुशील शर्माले ४५ रन बनाए । हुनैनाथका विपिन मेहरले ३ विकेट लिए । वपिन म्यान अफ द फाइनल समेत चुनिए ।
यस्तै सेमिफाइनलबाट बाहिरिएका आयोजक शुसितम युवा क्लब ए र बस्कोट सुपर किङस ए टिमले १०÷१० हजार प्राप्त गरेको छ । 

प्रतियोगितामा बस्कोट सुपर किङस ए का प्रदीप चन्द म्यान अफ द सिरिज चुनिए । उनले ११ हजार १११ पुरस्कार पाए ।

बस्कोट ए का शुसिल शर्मा बेस्ट ब्याटर र शुसितम युवा क्लब बी का मनोज कार्की बेस्ट बलर चुनिदै समान ७ हजार ७७७ रुपैयाँ पुरस्कार पाए ।

शुसितम युवा क्लब ए का सुदीप कार्की उदयीमान खेलाडी हुँदै ३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे । 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update