Sagun Khabar
बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी उपाध्याय हाजिर, शर्माको बिदाई 

बैतडी–बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दिर्घराज उपाध्याय हाजिर भएका छन् । 

गृहमन्त्रालयका उपसचिव उपाध्यायलाई केही दिन पहिला बैतडीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको थियो । प्रमुख जिल्ला अधिकारी उपाध्याय आज (सोमबार) कार्यालयमा हाजिर भएका हुन् । 
प्रमुख जिल्ला अधिकारी उपाध्यायको स्वागत समेत गरिएको छ । 

Atrya hospital

यस्तै बैतडीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको बिदाई गरिएको छ । उनको जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दी रहने गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ । 

२०८० साल पुस ६ गते बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका शर्माको १० महिनामा सरुवा भएको हो । 

बैतडीको १० महिनाको बसाई निकै सुखद रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकको जिल्लाको रुपमा बैतडीलाई औल्याउँदै देवभूमी र पूण्यभूमीमा काम गर्न पाएकोमा गौरव लागेको उनले बताए । 

बैतडी आउनुभन्दा पहिला टाढाको जिल्ला भनेर सोचिएपनि यहाँ आइसकेपछि निकै रमाइलो अनुभूती भएको उनले बताए । जिल्लामा बस्दा सबै पक्षको सकारात्मक सहयोग पाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । जिल्लामा बस्दा सहयोग गर्ने सबैलाई उनले धन्यावाद समेत ज्ञापन गरेका छन् ।   
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update