Sagun Khabar
पाटन प्रिमियर लिग : निङ्गलाशैनीलाई हराउँदै गुरुखोला सेमीफाइनलमा प्रवेश 

बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत कोइनोडा टीम गुरुखोला लायन्स सेमीफाइनलमा प्रवेश गरेको छ । 

आज सम्पन्न सुपर सिक्सको खेलमा  निङ्गलाशैनी क्रिकेट क्लब,देहिमाण्डौंलाई १३२ रनले हराएर गुरुखोला समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । 

गुरूखोलाले दिएको १९० रनको लक्ष्य पछ्याएको निङ्गलाशैनी १०.४ ओभरमा ५७ रनमा अलआउट भयो ।

Atrya hospital

उसमा खडक बोहराले २६ र भुपेश बोहराले अविजित १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । गुरूखोलाका प्रदीप चन्दले ह्याट्रिकसहित ५ विकेट लिए । 

। उनी म्यान अफ द म्याच समेत चुनिएका स्कोरर तिलक बोहराले बताए । प्रदीप यो संस्करणमा ह्याट्रिक गर्ने पहिलो बलर समेत बनेका छन् । 

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गुरूखोलाले २० ओभरमा ६ विकेटको क्षतिमा १८९ रन बनायो ।

जसमा प्रदीप चन्दले ४० र आयुश चन्दले ३९ रनको योगदान गरे । निङ्गलाशैनीका राम चन्दले ३ विकेट लिए ।

यो लज्जास्पद हारसंगै उपाधि दाबेदार मानिएको निङ्गलाशैनी सुपर सिक्सबाटै घर फर्किएको छ । 

यस्तै आफ्नो समूहबाट गुरूखोला विजेता र पाटन भ्याली क्रिकेट क्लब उपविजेताको रूपमा अन्तिम चारमा सुरक्षित भएको हो । अर्काे समूहबाट सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्न बाँकी छ ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए । 

द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update