Sagun Khabar
पाटन प्रिमियर लिग : सुपर सिक्समा पाटन भ्यालीद्वारा रोमाञ्चक जित दर्ता 

बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत सुपर सिक्सको खेलमा पाटन भ्यालीले रोमाञ्चक जित हात पारेको छ । 

भ्यालीले निङ्गलाशैनी क्रिकेट क्लबलाई २ विकेटले पराजित रोमाञ्चक जित हात पारेको हो । 

Atrya hospital

निङ्गलाशैनीले दिएको १६० रनको लक्ष्य भ्यालीले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । 

पाटनका सन्दीप खत्रीले ३४ रनको विजयी इनिङ खेले । उनले १८ बलको सामना गरेर ३४ रन हिर्काउदै जित दिलाएका हुन । पाटन भ्यालीका दिपक टमटाले ४३ रन हिर्काएका थिए भने दिपेन्द्र भण्डारीले २६ रनको इनिङ खेले । 
निङ्गलाशैनीका विरेन्द्र चन्दले ३ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीे १९ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटिएको थियो । 

निङ्ग्लाशैनीका दिपक बोहराले ५६ रनको अर्धसतकीय पारी खेलेका थिए । ऋषिकेश बोहराले ३० र गजेन्द्र बोहराले २७ रनको योगदान दिए पनि टीमलाई जिताउन सकेनन् । 

पाटन भ्यालीका विकास बिष्टले ४ तथा दिपेन्द्र भण्डारीले ३ विकेट लिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update