Sagun Khabar
एमालेबाट भीमदत्त नगरपालिका–६ को वडाअध्यक्षमा चन्दले उम्मेदवारी दिने

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

आगामी मंसिर १६ गते यहाँ उपनिर्वाचन हुँदै छ । एमाले वडा पालिकाबाट वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस भएका बहादुर चन्दलाई जिल्ला कमिटीले सदर गरेको छ । उप–निर्वाचनका लागि यसअघि एमालेले वडाध्यक्षमा बहादुर चन्द र राजेन्द्र आग्री दुईजनाको नाम सिफारिस गरेको थियो । एमाले भीमदत्त नगरपालिकाका अध्यक्ष हिमाल चन्दले वडाबाटै आएका आकांक्षीका आधारमा बहादुर चन्दलाई पार्टीले उम्मेदवार चयन गरेको बताए ।

Atrya hospital

शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा कञ्चनपुरका इन्चार्ज निरुदेवी पाल, अध्यक्ष लक्ष्मी बुढासहितका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार चन्दलाई बधाई ज्ञापन गरेका छन् । 

वडाध्यक्षको टिकट पाएका एमाले उम्मेदवार बहादुर चन्दले अब घरदैलो गर्ने बताए । 

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update