Sagun Khabar
डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पव्लिक हेल्थ अध्यापनका लागि भर्ना शुरु 

डडेल्धुरा –डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पव्लिक हेल्थ अध्यापनका लागि भर्ना शुरु गरिएको छ । 

पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन अनुमति मात्रै पाएर गत वर्षदेखि पढाई सुरु भएको थियो । यो वर्षदेखि थप दुई विषयको अध्यापन हुने भएको मेडिकल कलेजले जनाएको छ ।  

Atrya hospital

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित मेडिकल कलेजमा उक्त बिषयमा विद्यार्थीहरु भर्नाकालागि सुचना जारी गरेको डिन हेमनाथ जोशीले बताए । 

कार्तिक १४ गते सम्म बिएस्सी नर्सिङका लागि २० जना र ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थका लागि १०÷१० जनाको सिट आयोगले निर्धारण गरेको डिन जोशीले बताए । 

तर एमबीबीएस अध्यापनकालागि भने डडेल्धुरा अस्पताल तीन सय शैय्यामा स्तरोन्नती भएको तीन वर्ष पछि मात्र अध्ययन अनुमती पाईने बताइएको छ । हाल डडेल्धुरा अस्पताल एक सय शैय्यामा मात्र सञ्चालित छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update