Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना,चालक सामान्य घाइते 

बैतडी– बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन् । 

शुक्रबार अपरान्ह पौने ५ बजेको समयमा जिल्लाको हरिचन–रौलेश्वर ग्रामीण कृषि सडक अन्तर्गत पाटन नगरपालिका–९को धारापानी खोलामा सु प प्र ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक उदयसिंह कठायतले जानकारी दिए ।

Atrya hospital

दुर्घटनामा परी ट्याक्टर चालक अन्दाजी ३० बर्षीय गोविन्द कुँवर सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ । 

पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्याएर खोड्पेतर्फ फर्कने क्रममा  दुर्घटनामा परेको बताइएको छ ।

ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update