Sagun Khabar
दार्चुलाको सीमा प्रशासन कार्यालय खारेज, अध्यागमन कार्यालय खोल्ने 

दार्चुला –सरकारले दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला खारेज गर्ने निर्णय भएको जनाएको छ । साथै, त्यहाँ अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

Atrya hospital

यसअघि नै गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताउँदै आएका थिए । जसअनुसार दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ ।

सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनमा सो कार्यालयले मदत गर्ने विश्वास लिइएको छ। जहाँ चीन र भारतलाई जोड्नका लागि सडक निर्माण पनि गर्ने तयारी छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update