Sagun Khabar
पाटन प्रिमियर लिग : सुपर सिक्स समीकरण पूरा 

बैतडी–बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

समूह ए बाट पाटन भ्याली क्रिकेट क्लब,समूह बी बाट आयोजक पाटन क्रिकेट क्लब र समूह सी बाट टिम कोइनोडा गुरूखोला लायन्स सुपर सिक्समा पुगेका छन् । 

Atrya hospital

यस्तै समूह डी बाट कुलगडे क्रिकेट क्लब,समूह ई बाट निङलाशैनी क्रिकेट क्लब र समूह एफ बाट पञ्चेश्वर गाउँपालिका सुपर सिक्समा पुगेका छन् । 

सुपर सिक्सका खेलहरू भोलि शनिबारदेखि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा हुनेछन् । 

शनिबार हुने सुपर सिक्सको पहिलो खेलमा पाटन भ्याली र गुरूखोला भिड्दा दोस्रो खेलमा पाटन क्रिकेट क्लब र कुलगडेबीच प्रतिस्पर्धा हुनेछ । 

आइतबारको पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर खेल्दा दोस्रोमा पाटन भ्याली र निङलाशैनीबीच भिडन्त हुनेछ ।

सोमबार हुने सुपर सिक्सको पहिलो खेलमा गुरूखोला र निङलाशैनी खेल्दा दोस्रोमा कुलगडे र पञ्चेश्वर आमने सामने हुनेछन् ।

सुपर सिक्सका खेलबाट सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लाग्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update