Sagun Khabar
बैतडीकी २२ वर्षीया हिमस्वेता पहिलो प्रयासमै अधिकृत बनिन् 

बैतडी–बैतडीकी २२ बर्षीया युवती हिमस्वेता भट्ट पहिलो प्रयासमै लोकसेवा आयोगले लिएको अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–५ भट्टगाउँकी हिमस्वेताले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन् । 

Atrya hospital

२०५८ साल फागुन १६ गते बुवा थिरेन्द्रचन्द भट्ट र आमा गीता भट्टको कोखबाट जन्मेकी हिमस्वेताले रामपुर कृषि क्याम्पसबाट कृषि बिषयमा स्नातक गरेकी छन् । 

भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन् । 

एक बर्ष पहिला लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल पुगेकी भट्ट त्यो बेला हमासको आक्रमणबाट बचेर स्वदेश फर्किएकी थिइन् । इजरायलबाट फर्केर उनले पहिलो पटक लोकसेवाको परीक्षा दिएको र पहिलो पटकमै उत्तीर्ण भएकी उनका बुवा थिरेन्द्रचन्द्र भट्टले बताए । छोरीले पहिलो प्रयासमै अधिकृत पास गरेपछि आफूलाई निकै खुसी लागेको उनले बताए । 

कृषि बिषयमा त्रिभुवन विश्वविद्यालयमा स्नातोकोत्तर अध्ययन गरिरहेकी भट्ट सानैदेखि मेधावी छात्राको परिचय बनाएकी थिइन् । उनले २०७२ सालमा कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेश्नल पब्लिक स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । त्यसपछि कञ्चनपुरकै रेडियन्ट स्कुलबाट आइएस्सी गरेकी भट्टले स्नातक तह कृषि बिषयमा रामपुर कृषि क्याम्पस चितवनबाट उत्तीर्ण गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update