Sagun Khabar
पाटन प्रिमियर लिग : गुरुखोला पनि सुपर सिक्समा प्रवेश 

बैतडी–बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत टिम कोइनोडा गुरूखोला लायन्स सुपर सिक्समा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा ग्वाल्लेक क्रिकेट क्लबलाई १९९ रनले हराएर गुरूखोला सुपर सिक्समा प्रवेश गरेको हो । 

Atrya hospital

जितका लागि पाएको ३२२ रनको विशाल लक्ष्य पछ्याएको ग्वाल्लेकले २० ओभरमा ४ विकेटको क्षतिमा १२३ रन मात्रै बनाउन सक्यो ।

उसका सुर्या जोशीले अविजित ५१ रनको पारी खेलेपनि जितका लागि पर्याप्त हुन सकेन । गुरूखोलाका भुपेन्द्र चन्दले २ र महेश भट्टले १ विकेट लिए ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गुरूखोलाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ३२१ रन बनायो । यो प्रतियोगिताकै तेस्रो उच्च स्कोर हो । यसअघि सहस्त्रलिङ्ग क्रिकेट क्लबले ३५९ र पञ्चेश्वर गाउँपालिकाले ३२७ रन बनाएको थियो । 

गुरूखोलाका लागि तीन ब्याटरले अर्धसतक प्रहार गरे । आकाश चन्दले अविजित ८५,लोकेश चन्दले ७१,निराजन गौतमले ७१ रनको योगदान गरे । ग्वाल्लेकका सुनिल जोशीले २ विकेट लिए ।
गुरूखोलाका आकाश चन्द म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update