Sagun Khabar
बैतडीका एक किशोर काठमाण्डौंबाट बेपत्ता 

बैतडी–बैतडीका एक किशोर काठमाण्डौंबाट बेपत्ता भएका छन् । 

जिल्लाको मेलौली नगरपालिका–६ घर भएका १६ बर्षीय मनोज भट्ट काठमाण्डौंको कलंकीबाट बेपत्ता भएका हुन् । 

Atrya hospital

गहुँगोरा वर्ण भएका, सेतो र रातो टिसर्ट लगाएका मनोज गएको असोज ३ गतेदेखि बेपत्ता रहेका बुझिएको छ । 

असोज ३ गते अपरान्ह ४ बजे घरबाट निस्केका मनोज अहिलेसम्म फेला नपरेका उनका ठूलोबुवा जयराम भट्टले बताए । मनोज हराएको बिषयमा काठमाण्डौं प्रहरीमा खोजतलासका लागि निवेदन समेत दिइएको छ । 
कसैले मनोजलाई भेटाएमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६१३७९९६० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update