Sagun Khabar
डडेल्धुराका एक व्यवसायी बेपत्ता, महाकाली किनारमा भेटियो कपडा 
Atrya hospital

डडेल्धुरा –डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन् । हिजो (सोमबार) बिहानबाट  परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन् ।

बेपत्ता प्वालीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ ।

उनले महाकाली नदीमा हामफालेको आशंकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update