Sagun Khabar
पन्ज्युनयाँ क्रिकेट : शुसितम ए र बस्कोट बी टिम विजयी

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग अन्तरगत सोमबार सम्पन्न खेलमा आयोजक शुसितम क्रिकेट क्लब ए र बस्कोट सुपर किङ बी विजयी भएका छन् । 

शुसितमले पिपलचौतारा क्लवलाई ६ विकेटले हरायो । ५८ रनको लक्ष्य शुसितमले ६ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । 

Atrya hospital

अर्काे खेलमा सेटिगाउँ बहुमुखी क्याम्पसलाई बस्कोट सुपर किङ बी ले १० विकेटले हरायो । 

प्रतियोगितामा चम्तडि स्टार,आयोजक शुसितम क्रिकेट क्लब बी र बस्कोट सुपर किङ ए क्वाटरफाइनल पुगिसकेका छन् ।

असोज २९ गतेदेखि शुरू भएको प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने आयोजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिए । । प्रतियोगितामा १९ टोलिको सहभागीता रहेको छ ।

उपाधि विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए ।

यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १०÷१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update