Sagun Khabar
डिलाशैनीमा सामाजिक सुरक्षा भत्ता वितरणसंगै नागरिकको स्वास्थ्य परीक्षण गरिँदै 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरणका साथै नागरिकको स्वास्थ्य परीक्षण कार्य समेत थालेको छ । 

सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुका लागि वडाहरुमा भुक्तानी शिविरको आयोजना गरिएको र ती शिविरमा आउने जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतको स्वास्थ्य परीक्षण समेत गर्ने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । 

Atrya hospital

शिविरमा आएका जेष्ठ नागरिकहरु र अपांगता भएका व्यक्तिहरुको उच्च रक्तचाप र मधुमेहको परीक्षण गर्ने गरिएको उनले बताए । पछिल्लो समयमा उच्च रक्तचाप, मधुमेहजस्ता नसर्ने रोगहरुको समस्या बल्झिदै गएकाले नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको नाथले बताए । 

भुक्तानी शिविरमा आएका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको निशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने गरिएको नाथले बताए । जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सबै बेला स्वास्थ्य संस्थामा पुग्न असहज हुने भएकाले शिविरमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको उनले बताए । 

अहिलेसम्म वडा नं १ र २ मा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको र सबै वडामा शिविरको आयोजना हुने उनले बताए । शिविरमा आएका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणलाई हरेक वडामा निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख नाथले बताए । 

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको सजिलोका लागि कुमारी बैंकसंगको सहकार्यमा प्रत्येक वडामा भुक्तानी शिविर सञ्चालन भइरहेको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । शिविरमा आएका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिनुका साथै उनीहरुको स्वास्थ्य परीक्षणको काम समेत भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update