Sagun Khabar
दार्चुलामा १६ बर्षीया किशोरीमाथि आफन्तले जबरजस्तीकरणी गरेको आरोप 

दार्चुला–दार्चुलामा एक १६ वर्षीया किशोरी आफन्तबाटै जबरजस्तीकरणीको सिकार बनेकी छन् । मदिरा सेवन गरेर आफन्तले ती किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप लागेको छ । 

कक्षा ८ मा पढ्ने ती किशोरी आफन्तबाटै जबरजस्तीकरणीको सिकार बन्न पुगेकी  प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । किशोरीमाथि करणी गरेको आरोपमा आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई प्रहरीले शुक्रबार प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।

Atrya hospital

पीडित किशोरीका आफन्तले प्रहरीमा उजुरी दिए लगत्तै ती पुरुषलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रावतले बताए । घटना २०८० माघ १९ गतेको भएपनि प्रहरी ढिलो उजुरी आएको प्रहरी निरीक्षक रावतले बताए । 

आरोपित पुरुषलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भएरहेको छ । ‘पक्राउ परेका ती पुरुषले पनि आंशिक रुपमा त्यस्तो आरोप स्वीकारेको अवस्था छ । पक्राउ परेका आरोपित पुरुषले प्रहरीसँगको बयानमा मदिरा सेवन गरेको अवस्थामा किशोरीको संवेदनशील अंगहरु चलाएको भन्ने सम्म स्वीकार गरेको अवस्था छ । तर विस्तृत रुपमा अनुसन्धान भइरहेकाले अहिले नै भन्न सकिने अवस्था छैन्।’प्रहरी निरीक्षक रावतले भने 

आरोपित पुरुष पीडित किशोरीको आफन्त भएकाले उनको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुषमाथि हाडनाता करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रावतले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update