Sagun Khabar
श्रीकोट बहुमुखी क्याम्पसको स्ववियुले शुरु गर्यो निशुल्क तयारी कक्षा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि तयारी कक्षा आजदेखि शुरु गरेको छ । 

निशुल्क रुपमा एक महिना सम्म सञ्चालन हुने तयारी कक्षाको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको स्ववियु सभापति शम्भुराज गिरीले बताए । अध्यपान अनुमति पत्रको परीक्षा दिने विद्यार्थीहरुको सहजताका लागि निशुल्क तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । 

Atrya hospital

स्ववियु सभापति शम्भुराज गिरीको अध्यक्षतामा भएको निशुल्क तयारी कक्षा उद्दघाटन कार्यक्रममा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की प्रमुख अतिथी रहेकी थिइन् । यस्तै गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशी विशिष्ट अतिथी रहेका थिए । 

अध्यापन अनुमति पत्रको निशुल्क तयारी कक्षा उद्दघाटन गर्दै उपाध्यक्ष कार्कीले तयारी कक्षाले विद्यार्थीहरुलाई सहज हुने बताइन् । स्वतन्त्र विद्यार्थी युनियनले गरेको यो कार्यले राम्रो सन्देश दिएको उनले बताइन् । 

निशुल्क तयारी कक्षामा दक्ष प्रशिक्षकहरुको व्यवस्था गरिएकाले दुर्गमका विद्यार्थीहरुलाई सहज हुने सभापति गिरीले बताए । स्ववियु विद्यार्थीहरुको अभिभावक भएकाले आफूहरुले विद्यार्थीहरुलाई सहयोग पुर्याउन तयारी कक्षा सञ्चालन गरेको उनले बताए ।  

यसअघि श्रीकोट बहुमुखी क्याम्पसको स्ववियुले कक्षा १२ को पूरक परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update