Sagun Khabar
सुदूरका पहाडी जिल्लामा स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट 

बैतडी–सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्ये स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले कैलालीको धनगढीमा आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको एकीकृत बार्षिक समीक्षा गोष्ठीमा पहाडी जिल्लाहरुमा स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट भएको हो । 

समग्र सुदूरपश्चिममा तृतीय स्थान हाँसिल गरेको स्वास्थ्य कार्यालय बैतडी पहाडी जिल्लाहरुमध्ये उत्कृष्ट भएको हो । 

गत आर्थिक बर्षमा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको आधारमा स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए । 

Atrya hospital

स्वास्थ्य कार्यालय बैतडी ७८.४३ प्रतिशत अंक प्राप्त गर्दै समग्र सुदूरपश्चिममा तेश्रो र पहाडी जिल्लाहरुमा उत्कृष्ट भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

कार्यालयहरुको बेरुजुको अवस्था, स्वास्थ्य कार्यक्रमहरु समेटिएको बार्षिक प्रतिवेदन प्रकाशन, दुर्गम तथा भौगोलिक क्षेत्र, गुणात्मक मूल्याकंन, स्वास्थ्य कार्यालयहरुद्वारा सम्पादित कामहरु झल्किने फेलेक्स बोर्ड, बित्तीय प्रगति लगायतका सूचकका आधारमा स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गरिएको हो । 

समग्र सुदूरपश्चिममा स्वास्थ्य कार्यालय कञ्चनपुर प्रथम र स्वास्थ्य कार्यालय कैलाली दोश्रो भएको छ । 

कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अथक मेहनत र परिश्रम तथा बैतडीमा कार्यरत स्वास्थ्यकर्मीहरुको लगनशीलताका कारण स्वास्थ्य कार्यालय बैतडीले उत्कृष्ट स्थान हाँसिल गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । उनले भने ‘यो हामीलाई प्राप्त भएको ठूलो उपलब्धी हो । यसले हामीलाई कार्यक्षेत्रमा थप उर्जाका साथ लाग्ने प्रेरणा मिलेको छ ।’

स्वास्थ्य कार्यालयले गत बर्ष सम्पादन गरेका कामहरुको आधारमा समग्र प्रदेशभरी उत्कृष्ट तीनभित्र अटाएकाले आफूहरुलाई काम गर्ने थप हौसला मिलेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

swastha-1-1729480827.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update