Sagun Khabar
बैतडीमा पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो 

बैतडी–बैतडीमा पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइएको छ । राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

जिल्लाभरीका ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल र १२ देखि ५९ महिनासम्म बालबालिकाहरुलाई जुकाको औषधी खुवाइएको हो । हिजो र आज गरेर जिल्लाभरीका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइएको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

Atrya hospital

जिल्लाभरीका ६ देखि ५९ महिनासम्मका २० हजार ७१२ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने लक्ष्य राखिएको थियो । कतिजना बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाइयो भन्ने एकीन तथ्यांक आउन बाँकी रहेको भट्टले बताए । 

यस्तै बैतडीमा १२ देखि ५९ महिनासम्मका १८ हजार १९५ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको थियो । जुकाको औषधी खुवाइएका बालबालिकाहरुको तथ्यांक पनि आउन बाँकी रहेको बताइएको छ । 

गाउँघर क्लिनिक, खोपकेन्द्र, स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधीका साथै आवश्यकता अनुसार बालभीटा समेत खुवाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

राष्ट्रिय भिटामिन ए कार्यक्रमका लागि जिल्लाभरी ८ सय ३१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएका थिए भने आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरु पनि परिचालित भएका थिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update