Sagun Khabar
बैतडीमा अटोबाट खसेर एक महिला घाइते 

बैतडी–बैतडीमा चलिरहेको अटोबाट खसेर एक महिला घाइते भएकी छन् । 

महाकाली राजमार्ग अन्तर्गत बैतडीको गोकुलेश्वरबाट चम्तडीतर्फ आउँदै गरेको सुपप्र ०२००१ ह १७९० नम्बरको अटोमा सवार दार्चुलाको लेकम गाउँपालिकाकी अन्दाजी २८ बर्षीया सीता भट्ट अटोबाट खसेर घाइते भएकी हुन् । 

Atrya hospital

शुक्रबार दिउँसो पौने १ बजेको समयमा चलिरहेको अटोको एक्कासी झ्याल खुल्दा डिलाशैनी गाउँपालिका–६ डडीया भन्ने स्थानमा खसेर भट्ट घाइते भएकी हुन् । घाइते भट्टको दार्चुलाको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

अटो चालक डिलाशैनी गाउँपालिका –६ चौंसेराका ४१ बर्षीय डम्मरसिंह कठायतलाई अटोसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक ढुंगानाले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update