Sagun Khabar
बैतडीमा अटो दुर्घटना अपडेट : घाइतेमध्ये तीनजना धनगढी रेफर 

बैतडी–बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । एकजना जिल्ला अस्पताल बैतडीमा उपचारपछि घर फर्किसकेका छन् । 

शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

Atrya hospital

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते भएका मध्ये दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, सोही ठाउँकी ४५ बर्षीया वसन्ती जोशी र २५ बर्षीय राजेन्द्र भाटलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको हो । 

अटो दुर्घटनामा घाइते भएका पुर्चौंडी नगरपालिका–९ का २० बर्षीय हिरा सार्की जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका प्रहरी निरीक्षक ढुंगानाले बताए । 

घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ । उनी स्वास्थ्य चेकजाँचका लागि श्रीकोट स्वास्थ्यचौकीमा जाने क्रममा दुर्घटनामा परेकी हुन् । 

अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update