Sagun Khabar
बैतडीमा भेट्रान भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार २५ हजार 

बैतडी–बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको बार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।  

जिल्लास्तरीय प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउने बताइएको छ । यही कार्तिक १० देखि १२ गतेसम्म निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने टीमले कार्तिक ९ गतेसम्म टीम दर्ता गराइसक्नुपर्नेछ भने दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ । जिल्लामै स्थायी बसोबास भएका खेलाडीले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने नगर खेलकुद विकास समितिले जनाएको छ । 

Atrya hospital

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट डिफेन्सरलाई जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update