Sagun Khabar
बैतडीमा किशोरी बेपत्ता प्रकरणः,प्रहरीकै संलग्नता
Atrya hospital

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरीको अवस्था छिटो पत्ता लगाउन आफन्तहरुले माग राखेका छन् । प्रहरीकै संलग्नतामा किशोरी बेपत्ता भएको भन्दै किशोरीको अवस्था छिटनोभन्दा छिटो पत्ता लगाउनुपर्ने स्थानीयहरुले माग राखेका हुन् । किशोरी बेपत्ता भएको दुई दिनसम्म पनि कुनै पत्ता नलागेको भन्दै स्थानीयहरु आक्रोसीत बनेका छन् । प्रहरी हवल्दार कृष्णराज जोशीले किशोरीलाई बेपत्ता बनाएका प्रयाप्त प्रमाणहरु हुदाहुदै पनि किशोरीको अवस्था अझै पत्ता नलाग्नु झनै शंकाको कुरा भएको किशोरीका आफन्त प्रेम सिंह मंगोलाले बताए ।

 प्रहरी चौकीबाटै यस्ता जघन्य घटना भएको भन्दै प्रहरी चौकीको समेत औचित्य नभएको उनिहरुले बताएका छन् । सिमानाकाका स्थानीयहरुलाई सुरक्षा दिन राखिएको प्रहरी चौकीबाट  अपराधका घटना भएकाले प्रहरी चौकी सार्नुपर्ने निर्वातमान वडा अध्यक्ष समेत रहेका दशरथ मंगोलाले बताए । ‘प्रहरीले यो घटनालाई गम्भिररुपमा लिएर अनुसन्धान गर्नुपर्छ, नत्र यहाँका स्थानीयको धैर्यताको बाँध फुट्नेछ,’ उनले भने । प्रहरीबाटै झन अपराधिक गतिबिधि भइरहेको भन्दै उनले प्रहरी चौकीको पनि बिकल्प खोज्नुपर्ने बताए ।  किशोरी बेपत्ता प्रकरणमा अन्य प्रहरी पनि जोडिएको आशंका रहेकाले सशक्त अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।  पञ्चेश्वर–२को डिम्बर गाउँकी अन्दाजी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका निमित्त इन्चार्जन समेत रहेका प्रहरी हवल्दार कृष्णराज जोशीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।  

शुक्रबार बिहान करिब साढे ४ बजेको समयमा पानी भर्न जान्छुभन्दै घरबाट गएकी किशोरी अबेरसम्म सम्पर्कमा नआएपछि खोजी भएको थियो । किशोरीले पानी भर्न लगेको ग्यालेन प्रहरी चौकी नजिकै फेला परेको थियो ।  प्रहरी हवल्दार जोशीलाई भाग्दै गरेको अवस्थामा भेटेपछि स्थानीयहरुले महाकाली पारीको भरतपट्टीबाट नियन्त्रणमा लिएर दाम्लोले बाधेका थिए । त्यसपछि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक, जनकराज ढुंगानाको नेतृत्वको प्रहरी पटोलीले नियन्त्रणमा लिएर जिल्ला पु¥याएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update