Sagun Khabar
बैतडीमा एक किशोरी मृत फेला 

बैतडी –बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । 

जिल्लाको पाटन नगरपालिका–३ बुङडाधुराकी अन्दाजी १६÷१७ बर्षीया हेमन्ती भाट मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

Atrya hospital

घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा बुधबार बिहान ११ बजेतिर हेमन्तीको शव फेला परेको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का बनाएर शव पोष्टमार्टमपछि आफन्तलाई बुझाएको छ ।

घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update