Sagun Khabar
हात्तीको आवाज सुनेर भागेका कञ्चनपुरका उमेश मृत फेला 

कञ्चनपुर–कञ्चनपुरमा हात्तीको आवाज सुनेर भागेका २२ वर्षीय उमेश चौधरी मृत फेला परेका छन् । 

बेलौरी नगरपालिका–५ मैनामा दशैंको नाच हेरेर गएराति डेढ बजेको समयमा घर फर्कने क्रममा सोही नगरपालिकाको बन्तरिया जंगलमा अचानक हात्तीको आवाज सुनेपछि  बेलौरी नगरपालिका–६ ढक्काचादर बस्ने उमेश चौधरीसहित तीन जना भागेका थिए । 

मोटरसाइकलमा सवार उनीहरु मोटरसाइकल छोडेर भागेका हुन् । उमेशसंगै भागेका २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नबिन चौधरी सम्पर्कमा आइसकेका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीले खोजतलास गर्दै जाँदा उमेश बेलौरी नगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति सामुदायिक वनमा आज बिहान ६ बजेर ४० मिनेटको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ । 

उमेश मृत अवस्थामा फेला परेको स्थान वरपर हात्तीको दिसा र रुखसमेत मडारेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update