Sagun Khabar
बैतडीको पाटनमा खसी कप भलिबल प्रतियोगिता सञ्चालन हुने 

बैतडी–बैतडीको पाटनमा पालिकास्तरीय खसी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नगरस्तरीय युवा सञ्जालको आयोजनामा यही असोज २२ र २३ गते कृष्ण मावि पाटनको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने सञ्जालका अध्यक्ष सञ्जय भण्डारीले जानकारी दिए । 

दशैंको अवसरमा सञ्जालले पहिलो पटक खसी कप खुल्ला पुरुष भलिबलको आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुन चाहने टीमले एक हजार रुपैयाँ शुल्कसहित असोज २१ गते साँझ ५ बजेसम्म टीम दर्ता गराइसक्नुपर्ने अध्यक्ष भण्डारीले बताए । टीम दर्ता गर्दा खेलाडीको नाम र ठेगाना खुल्ने परिचय पत्र राख्नुपर्ने उनले बताए । 

Atrya hospital

प्रतियोगितामा प्रथम हुने टीमलाई १५ हजार रुपैयाँ बराबरको खसी,ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा तेश्रो हुने टीम र उदीयमान खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

Khasi-cup-1728105109.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update