Sagun Khabar
बैतडीमा रास्वपाको पार्टी कार्यालय उद्दघाटन 

बैतडी–बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय उद्दघाटन गरिएको छ । जिल्ला सदरमुकाम शाहीलेकमा पार्टी कार्यालय स्थापना गरिएको र एक कार्यक्रमकाबीच शुक्रबार उद्दघाटन गरिएको हो । 

रास्वपाका जिल्ला संयोजक भीम नाथको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्दघाटन कार्यक्रममा रास्वपाका केन्द्रीय मन्थन विभागका केन्द्रीय सदस्य भोजराज जोशी (क्वालिटी) प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

पार्टीका जिल्ला सदस्य, पालिका संयोजक लगायतको उपस्थितीमा पार्टीको जिल्ला कार्यालय उद्दघाटन गरिएको रास्वपाले जनाएको छ । 

पार्टी कार्यालय स्थापनासंगै जिल्लामा पार्टीको संगठन विस्तार गरिने जोशीले बताए । जिल्ला भेलाको तयारी समेत भइरहेको उनले बताए । 

यसैबीच रास्वपाले चाडपर्वका बेला हुन सक्ने विभिन्न अवाञ्छित क्रियाकलाप नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । 

रास्वपाकातर्फबाट प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update