Sagun Khabar
बैतडीको खोड्पेमा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र 

बैतडी–बैतडीको पाटन नगरपालिका ८ मा रहेको ट्रमा सेन्टर यथाशीघ्र सञ्चालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाइएको छ । 

शुक्रबार दिउँसो ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेको मुख्यमन्त्री शाहलाई पाटन नगरपालिका वडा नं ८ र सिद्धेश्वर स्वास्थ्यचौकीकातर्फबाट ज्ञापन पत्र बुझाइएको हो । 

Atrya hospital

दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपदमा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको भएपनि सञ्चालनमा आउन सकेको छैन् । 

२०७९ सालमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन् । संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा ट्रमा सेन्टरको भवन निर्माण गरिएको थियो । 

भौतिक संरचना निर्माण भइसक्दा समेत ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको बिषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

चोटपटक लागेका बिरामीहरुलाई आकस्मिक सेवा दिनका लागि ट्रमा सेन्टर भवन निर्माण गरिएको भएपनि यसको उपयोग नभएको बिषयमा मुख्यमन्त्रीलाई जानकारी गराएको वडा अध्यक्ष बिष्टले बताए । 
ट्रमा सेन्टर सञ्चालनका लागि उपकरण र जनशक्ति आवश्यक रहेको सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले ट्रमा सेन्टर सञ्चालनको लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए । उनले भने ‘संघीय सरकारको लगानीमा बनेको यो ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक समन्वय गर्छौ ।’

बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्दघाटन गरेर धनगढी फर्किरहेका बेला मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाइएको हो ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update