Sagun Khabar
बैतडीको सुर्नयाका एक बालक बेपत्ता 

बैतडी–बैतडीको सुर्नया घर भएका एक बालक बेपत्ता भएका छन् । 

सुर्नया गाउँपालिका–४ बिकुलीका नरेन्द्र कुँवरका १६ बर्षीय छोरा विजय कुँवर बेपत्ता भएका हुन् । बिहीबार अपरान्ह ४ बजेबाट विजय बेपत्ता भएका उनका बुवा नरेन्द्र कुँवरले जानकारी दिए । 

Atrya hospital

कक्षा १० मा अध्ययनरत कुँवरलाई उनका बुवाले पढाईका बिषयमा सम्झाउँदा रिसाएका र त्यसपछि उनी बेपत्ता भएका बताइएको छ । 

बेपत्ता कुँवरको खोजतलास गर्दा नभेटिएपछि शुक्रबार प्रहरीमा निवेदन दिएको पारिवारिक श्रोतले जनाएको छ । सुर्नया गाउँपालिका–४ स्थित राष्ट्रिय मावि फाटीगडामा अध्ययनरत विजयलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९७६२३३९५८० मा खबर गरिदिन आग्रह गरिएको छ । 

बालक हराएको बिषयमा प्रहरी निवेदन आएको र मातहतका सबै युनिटमा बालकको हुलिया पठाईसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । यस्तै बेपत्ता बालकको हुलिया प्रदेश प्रहरी कार्यालयमा पनि पठाइएको छ । बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update