Sagun Khabar
बैतडीको दनपा–३ ले वितरण गर्यो तरकारीको बीउ 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर –३ को कार्यालयले कृषि समूहलाई तरकारीको बीउबिजन वितरण गरेको छ । 

आज कृषि समूहहरुका लागि एकदिने तालिमको आयोजना गर्दै तरकारीको बीउ वितरण गरिएको दशरथचन्द नगरपालिका वडा नं –३ का वडा अध्यक्ष अजब पाण्डेले बताए । वडाभरी रहेका १५ ओटा कृषि समूहमा आवद्ध किसानहरुलाई तरकारी खेतीका बिषयमा जानकारी दिनुका साथै बीउबिजन समेत वितरण गरिएको उनले बताए । 

Atrya hospital

यसका साथै किसानहरुलाई कीटनाशक बिषादी समेत वितरण गरिएको छ । वडाभरी ४ सय ७५ घरधुरी रहेका ती सबै घरधुरीमा कृषि समूहमार्फत तरकारीको बीउ पुग्ने वडा अध्यक्ष पाण्डेले बताए । 

कृषि समूहहरुलाई यो सिजनमा छर्न मिल्ने रायो, मुला, केराउ, पालुङ्गो लगायतका तरकारीको बीउ वितरण गरिएको हो । वडा कार्यालयको चालु आर्थिक बर्षको कृषितर्फको कार्यक्रम अन्तर्गत बीउबिजन र कीटनाशक औषधि वितरण गरेको वडा अध्यक्ष पाण्डेले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update