Sagun Khabar
बैतडीकी १७ बर्षीया भुवनेश्वरीलाई क्यान्सर, उपचारका लागि सहयोग अभियान सञ्चालन 

बैतडी–बैतडीकी एक किशोरीलाई १७ बर्षकै कलिलो उमेरमा क्यान्सरको संक्रमण भएपछि सहयोग अभियान सञ्चालन गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका –२ मेल्लाउकी १७ बर्षीया भुवनेश्वरी भण्डारीलाई हड्डीको क्यान्सर भएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा चेकजाँच गराउँदा उनलाई हड्डीको क्यान्सर भएको पुष्टि भएको हो । यही असोज २ गते उपचारका लागि भरतपुर पुगेका उनी यही १५ गते घर फर्केका छन् । 

Atrya hospital

भुवनेश्वरीको पहिलादेखि हात दुख्ने समस्या रहेको र त्यसको चेकजाँच गराउँदा क्यान्सर पुष्टि भएको उनका बुवा करनसिंह भण्डारीले बताए । 

भुवनेश्वरीको उपचारमा १० लाख रुपैयाँ जति खर्च लाग्ने भएकाले परिवारको आर्थिक अवस्थाले उनको उपचार सम्भव नभएको स्थानीय समेत रहेका एमाले दशरथचन्द नगरकमिटिका अध्यक्ष मनोज बोहराले बताए । 

भुवनेश्वरीका बुवा करनसिंह भण्डारी मजदुरी गरेर घरपरिवार चलाउँदै आएका छन् । छोरीलाई क्यान्सर भएपछि अहिले उनी आर्थिक समस्यामा परेका छन् । भुवनेश्वरीको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्दै सहयोग अभियान सञ्चालन गरिएको बोहराले बताए । 

कक्षा १० मा अध्ययनरत भण्डारीको जीवन रक्षाका लागि सहयोग गरिदिन मनकारी महानुभावहरुलाई आग्रह गरिएको बोहराले बताए । समस्यामा परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने हाम्रो संस्कार भएकाले समस्यामा परेका भण्डारी परिवारलाई सहयोगका लागि अपिल गरिएको हो । 

भुवनेश्वरीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले प्रभु बैंक देहीमाण्डौंमा प्रेमसिंह भण्डारीको नाममा रहेको खाता नम्बर ३६७०२६९२५१००००१६, ग्लोबल आइएमई बैंकमा करनसिंह भण्डारीको नाममा रहेको खाता नम्बर ३१०७०१०१३६९८३ र भारतमा रमेशसिंह भण्डारीको गुगल पे नम्बर ९६६७३४८९२४ मा रकम जमा गर्न सक्नेछन् । 

भुवनेश्वरीको उपचारमा आर्थिक सहयोग गरिदिन उनका बुवा करनसिंह भण्डारीले सबै सहयोगी महानुभावहरुलाई अनुरोध गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update