Sagun Khabar
पुर्चौंडीको नवनिर्मित प्रशासकीय भवनको मुख्यमन्त्री शाहले उद्दघाटन गरे 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित भवनको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्दघाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच मुख्यमन्त्री शाहले भवनको उद्दघाटन गरेका हुन् ।

२०७७ साल मंसिर १६ गते वाइ आर कन्सट्रक्सनसंग नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा सम्झौता भएको थियो । उक्त भवन गएको असार २१ गते निर्माण सम्पन्न भएको थियो । 

Atrya hospital

भवन निर्माण सम्पन्न भएपछि आज बडादशैँको घटनास्थापनाको अवसर पारेर नयाँ भवनको उद्दघाटन गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताए । 

स्थानीय तह भएपछि पुर्चौंडी नगरपालिकाले झण्डै ८ बर्षपछि आफ्नै भवन पाएको छ । नयाँ भवनबाट सेवा प्रवाह समेत सहजता हुने नगर प्रमुख बमले बताए । यसअघि पुर्चौंडी नगरपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो । 

भवन उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले स्थानीय सरकारहरुसंग समन्वय गरेर आफ्ना कामहरु गरिरहेको बताए । 

भवन उद्दघाटन कार्यक्रममा मुख्यमन्त्री शाहसंगै नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, प्रदेशसभा सदस्य शिवराज भट्ट, पुर्चौंडी नगरपालिकाका उपप्रमुख मीना धानुक, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी र नगरबासीहरुको सहभागिता रहेको थियो ।  

pp-2-1727958141.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update