Sagun Khabar
बैतडीको खोड्पेमा विद्युतीय चार्जिङ स्टेशन सञ्चलान 

बैतडी –बैतडीको खोड्पेमा विद्युतीय गाडीहरुका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । होटेल हरिहर प्लाजामा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । 

बैतडी,दार्चुला र बझाङका लागि छुट्ने र ती जिल्लाहरुबाट बाहिरिने विद्युती सवारी साधनहरुलाई लक्षित गरेर चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक अर्जुन बिष्टले बताए । चौबिसै घण्टा विद्युतीय सवारी साधन चार्जको सुविधा रहेको उनले बताए । 

Atrya hospital

पहाडी क्षेत्रमा पनि विद्युतीय सवारी साधनको संख्या बढ्दै गएकाले खोड्पेमा सञ्चालन भएको चार्जिङ स्टेशनले सहज हुने पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

बिहीबार एक कार्यक्रमकाबीच चार्जिङ स्टेशन उद्दघाटन गरिएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update