Sagun Khabar
दशैँ शुरु भएसंगै तराईबाट पहाड आउनेको संख्या बढ्यो, गाउँघरमा चहलपहल 

बैतडी–दशैँ शुरु भएसंगै सुदूरपश्चिमका तराईका जिल्लाबाट पहाडी जिल्लामा आउने मानिसहरुको संख्या बढेको छ । दशैंको समयमा बसाइसराई गरेर गएकाहरु पनि थातथलोमा फर्कने गरेकाले गाउँघरमा चहलपहल बढेको छ । 
तराईबाट पहाड आउने सवारी साधनमा दैनिक यात्रुहरुको चाप बढ्दै गएको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका सतबाँझ सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डे(काजी)ले बताए । नियमित भन्दा १५ गाडी थप आइरहेका उनले बताए । 

तराईबाट सुदूरपश्चिमका पहाडी जिल्लामा आउने सवारी साधनमा यात्रुहरुको चाप बढेको पाण्डेले बताए । 

Atrya hospital

यस्तै दशैं शुरु भएसंगै गाउँघरमा समेत चहलपहल बढेको दशरथचन्द नगरपालिका १ का महेशराज भट्टले बताए । पहाडी क्षेत्रबाट बसाइसराई गरेर गएकाहरु पनि थातथलोमा फर्केकाले गाउँघरमा चहलपहल बढेको हो । उनले भने,‘आजभोलि गाउँघरमा चहलपहल बढेको छ । बाहिर रहेकाहरु पनि घर फर्केका छन् । बसाईसरेकाहरु पनि मूल थलोमा आएका छन् ।’

दशैंतिहारजस्ता चाडपर्वलाई लक्षित गरेर बैतडीमा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैंको समयमा यात्रुहरुको भीडभाड हुने भएकाले उनीहरुलाई सहयोग पुर्याउन जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

यात्रुहरुले कुनै प्रकारको समस्या झेल्नु नपरोस र सवारी दुर्घटना न्यूनीकरणका लागि समेत यात्रु सहायता कक्षमार्फत काम भइरहेको उनले बताए । 

यस्तै भारतसंग जोडिएको बैतडीको सीमा नाका झुलाघाटबाट पनि स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । दशैंका लागि भारतबाट स्वदेश फर्कनेको संख्या बढेको सीमा नाकास्थित इलाका प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update