Sagun Khabar
बैतडीका हिरा कोलीको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल 

बैतडी–बैतडीको पाटन नगरपालिका–६ लामाखेतका ३८ बर्षीय हिरा कोलीको उपचारमा आर्थिक अभाव भएको छ । मृगौला सम्बन्धी रोगबाट पीडित हिरा एक महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन् । 

मजदुरी गरेर परिवार पाल्दै आएका हिरा अहिले भारतको बैंगलोरस्थित मणिपाल अस्पातलमा उपचार गराइरहेका छन् । ६ बर्षदेखि परिवारसहित बैंगलोरमै बस्दै आएका हिरा बिरामी भएपछि परिवारको समेत विचल्ली भएको छ । उनका दुई छोरी, एक छोरा र श्रीमतीसंगै रहेका छन् । 

Atrya hospital

हप्ताको ३ पटकसम्म दुवै मृगौलाको डायलासिस गर्नुपर्ने भएकाले कोली परिवारलाई उपचारका लागि पैसाको जोहो गर्न मुस्किल भएको छ । आर्थिक अभावमा उपचारमा निकै समस्या भएको उनका भाइ डम्मर कोलीले बताए । 
हिराको मृगौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि १८ लाख भारु लाग्ने भएकाले सहयोगका लागि अपिल गरिएको उनले बताए । उपचारमै हालसम्म ८ लाख खर्च भइसकेको र अझै ठूलो धनराशी चाहिने भएकाले समस्या भएको कोलीको भनाइ छ । 

हिराको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले उनका बुवा रामी कोलीको नाममा रहेको महालक्ष्मी विकास बैंकको निम्न खातामा रकम जमा गर्न सक्नेछन् । 

Hira-1727928990.jpg
 

त्यसैगरी भारतमा रहेकाहरुले निम्न खातामा जम्मा गर्न सक्नेछन् । 

hira-pay-1727929006.jpg
 

हिराको जीवन रक्षाका लागि परिवारका सदस्यहरुले सहयोग अभियान सञ्चालन गरेका छन् । उक्त अभियानअन्तर्गत पाटन बजारबाट २६ हजार रुपैयाँ संकलन भएको बताइएको छ । हिराको प्राण रक्षाका लागि सहयोग गरिदिन सबैमा आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update