Sagun Khabar
बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु 

बैतडी–बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ बर्षीया मनिषा घटालको मंगलबार साँझ साढे सात बजेतिर मृत्यु भएको हो । 

Atrya hospital

सोमबार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलबार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । 

घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मरेको बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्थामा नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ । 

मनिषा सुस्त मनस्थितीकी रहेकी समेत बुझिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए । 

बर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन् । गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ । 
मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ । 

ग्रामीण क्षेत्रमा अझै पनि धामीझाक्रीको भरपर्ने अन्धविश्वासले समस्या हुने गरेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update