Sagun Khabar
बैतडीमा एम्बुलेन्स दुर्घटना 

बैतडी–बैतडीमा एम्बुलेन्स दुर्घटना भएको छ । बैतडीबाट डडेल्धुरा जाँदै गरेको जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –८ खोड्पे नजिकै दुर्घटनामा परेको हो । 

बैतडीको देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । एम्बुलेन्समा ती महिलाका दुईतीन जना आफन्त पनि सवार रहेका बताइएको छ । 

Atrya hospital

एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

एम्बुलेन्स चालक ५० बर्षीय प्रकाश चन्दलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक चन्दले मापसे गरेर एम्बुलेन्स चलाएको पाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए । उनीमाथि सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान गरिने उनले बताउ । 

एम्बुलेन्सलाई नालीबाट निकालेर खोड्पे प्रहरीचौकीमा राखिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update