Sagun Khabar
सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जोशीलाई 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गाउँपालिकामा कार्यरत अधिकृत लोगराज जोशीलाई दिइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा सम्म वा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

Atrya hospital

जोशीले आजैदेखि कार्यभार सम्हालेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसंगै गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका छन् । 

सुर्नया गाउँपालिका गएको भदौ ७ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २६ गते शाखा अधिकृत ज्योतीकुमारी बोहरालाई सुर्नयाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको भएपनि भदौ २७ मै उनको गृहमन्त्रालयमा सरुवा गरेको थियो । 

सुर्नया गाउँपालिकाले पठाएको पत्र अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । 

Joshi-log-1727867976.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update